कोरोना विरुद्ध लड्न हरियाली वनबाट नगरलाई ठूलो रकम र काठ सहयोग - Pahilo Online

कोरोना विरुद्ध लड्न हरियाली वनबाट नगरलाई ठूलो रकम र काठ सहयोग

writer

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले नगरमा कोरोना भाइरस विरुद्ध लड्न सहयोग गर्ने उदेश्यले कोरोना भाइरस जोखिम न्युनिकरण समन्वय समितिलाई काठ तथा नगद सहयोग गरेका छन् ।

नगरपालिकाले भारतबाट आएकाहरुलाई राख्न पथरी बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाएको छ । क्वरेन्टाइनमा भारत लगायतको स्थानबाट आएका नगरबासीहरुलाई राखिएको छ । क्वारेन्टाइनमा बेड निर्माणको लागि ३२ किवी काठ र एक लाख २५ हजार २५ रुपैया नगद प्रदान गरेको हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरले बताए ।

उक्त काठबाट २० वटा खाट निर्माण भएको अध्यक्ष मगरले बताए । उक्त रकम बुधबार कोरोना भाइरस जोखिम न्युनिकरण समन्वय समितिको संयोजक समेत रहेका नगर प्रमुख दिलिपकुमार राईलाई हस्तान्त्रण गरीएको छ। हरियालीले यस अघि पनि करिव सय जना अट्ने सभाहल क्वारेन्टाइनको लागि उपलब्ध गराउने घोषणा गरेका थिए । हरियाली सामुदायिक वन व्यवस्थापनमा नेपालकै उत्कृष्ट घोषित भएको समूह हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes