पञ्चायतमा माविमा अपांग मैत्री भवनको शिलान्यास - Pahilo Online

पञ्चायतमा माविमा अपांग मैत्री भवनको शिलान्यास

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे १ मा रहेको नमुना विद्यालय पञ्चायत माविमा अपाङ्गता मैत्री भवन बन्दै छ । आवास सहितको बौद्धिक अपांगता भवनको बुधबार शिलान्यास भएको छ । बुधबार एक कार्यक्रमका बिच नगर प्रमुख दिलिप कुमार राईले १ करोड लागतमा बन्न लागेको सो भवनको शिलान्यास गरेका छन् ।

निकै मेहनतका साथ सो भवन पञ्चायतमा ल्याउन सफल भएको नगर प्रमुख राईले बताए । प्रधानमन्त्रीको गृह जिल्ला झापा लगाएतका प्रदेश १ का धेरै विद्यालयको प्रस्तावलाई उछिनेर पञ्चायतलाई पार्न सक्नु् निकै गौरब कुरा भएको राईले बताए ।

२ सय जना बौद्धिक अपांगता भएका बालबालिका अटाउने गरिको सो भवन हाललाई २ तलाको हुने र प्रति तला ८ वटाका दरले २ तलामा १६ वटा कोठाहरु हुने विद्यालयका प्रधानध्यापक अर्जुन कुमार बुढाथोकीले बताए । सामाजिक विकास मन्त्रालय शिक्षा निर्देशनालय धनकुटाको सहयोगमा बन्ने सो भवनको गत बैशाक ३१ गते सम्झौता भएर निर्माणको काम भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes