धरानको सेउतीको झोलुङ्गे पुलमुनि १४ वर्षीय बालक मृत भेटिए - Pahilo Online

धरानको सेउतीको झोलुङ्गे पुलमुनि १४ वर्षीय बालक मृत भेटिए

writer

धरान । धरान–१४ र धरान–४ लाई जोड्ने सेउतीको झोलुङ्गे पुलमुनि एकजना बालक मृत भेटिएको छ। १४ वर्षीय मनिराज राईको घटनाको वस्तुस्थिति मुचुल्काका आधारमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।

बुधबार बिहानै सेउतीको पुलमनि भेटिएका युवाको शव पोष्टमार्टमको लागि इलाका प्रहरी कार्यालय धरानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । घटना के कसरी हुन पुग्यो भन्ने विषयमा प्रहरीले हत्या वा अन्य कारण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान थालेको हो । इलका प्रहरी कार्यलय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले टाउँकोको दाहिनेपट्टि चोट देखिएको छ र रगतसमेत जमेको अवस्थामा भेटिएको छ । उनले बाँकी अनुसन्धान पछि नै थाहा हुने बताए ।

धरान–४ नारेका भए पनि उनी र बुबा करिब ४ वर्षयता दिदीको घर धरान–१४ मा बस्दै आएका थिए । मृतक मनिराजले हातमा मोबाइलको कभर समातिरहेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । प्रातकालीन हिँड्नेहरूले युवाको शव देखिपछि प्रहरीलाई खबर गरेको थियो । घटनाको अनुसन्धान गर्न इलका प्रहरी कार्यलय धरानको टोली पुगेको थियो । टोलीले शव भएको स्थानको वस्तुस्थिति मुचुल्का तयार पारिसकेको छ ।

हत्या वा आत्माहत्या गरेको हो भन्ने बुझ्न सक्ने आधारहरू अहिलेसम्म फेला पर्न सकेको छैन । उनका आफन्त तथा नजिकबाट चिन्नेहरूलाई सोधपुछ गरिरहेको इप्रका धरानले जनाएको छ । आफन्तको भनाइ उदृत गर्दै इप्रका धरानका डिएसपी बस्नेतले ११ः३० बजेसम्म मोबाइलमा ‘गेम’ खेलिरहेको र बिहान त्यस्तो अवस्थामा भेटिएपछि आफन्त नै अचम्मित बनेको बताए । घटनास्थलदेखि मृतक मनिराज बसेको दिदीको घर ५० मिटरको दूरीमा पर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes