नगरमा विवाद उत्पन्न भएका क्षेत्रहरुको अवलोकन गरी विवाद निरुपणको पहल - Pahilo Online

नगरमा विवाद उत्पन्न भएका क्षेत्रहरुको अवलोकन गरी विवाद निरुपणको पहल

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरका विवाद उत्पन्न भएका क्षेत्रहरुको अवलोकन गरी विवाद निरुपणको पहल भएको छ ।

वास्तोलाले मंगलबार पथरी शनिश्चरे र कानेपोखरी गाउँपालिकाको सिमाका रुपमा रहेको डाँस खोलाको गिट्टी, ढुंगा र बालुवा निकासीका विषयमा भएको विवादको निरुपणका विषयमा छलफल गराइन् । पथरी शनिश्चरेतर्फको भागमा वडा नम्वर १० बाट तत्काललाई अमानतमा खोलाजन्य सामग्री निकाली स्थानीय विकास निर्माणमा लगाउन स्थानीयसँग सहमति गरिएको उपप्रमुख वास्तोलाले जनाइन् ।

२ नम्वर वडामा निर्माण हुँदै गरेको सामुदायिक भवनको विषयमा उठेका टिकाटिप्पणीका बारेमा पनि उप्रमुख वास्तोलाले स्थलगत अध्ययन गर्नुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes