पथरी शनिश्चरेको क्वारेन्टिनमा रहेकामध्ये १८ पिसीआर रिपोर्ट नेगेटिभ - Pahilo Online

पथरी शनिश्चरेको क्वारेन्टिनमा रहेकामध्ये १८ पिसीआर रिपोर्ट नेगेटिभ

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेको क्वारेन्टिनमा रहेकामध्ये १८ जनाको स्वाब परीक्षण गर्दा सवैमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई मंगलबार घर पठाइएको छ । भारतबाट आएका नगरका उनीहरुको स्वाब सोमबार प्रदेशको कोभिड अस्पतालमा पठाइएको थियो । मंगलबार आएको रिपोर्टमा उनीहरु कसैमा पनि कोरोना भाइरस नदेखिएपछि घर पठाइएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए। उनीहरुसँगै नगरका २ जना एम्बुलेन्स चालकको स्वाबमा पनि कोरोना नदेखिएको उनले बताए ।

पथरी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका उनीहरुको विदाईका क्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलका साथमा जिल्ला आयुर्वेद चिकित्सालयका स्वास्थ्यकर्मीहरुको पनि उपस्थिती रहेको थियो । उनीहरुले प्रदेश सरकारको ‘स्वास्थ्य जीवन कार्यक्रम’ अन्तर्गत त्यहाँ स्वास्थ्य सचेतना समेत प्रदान गरिएको छ ।

सवन्वय समिति प्रमुख पोखरेलका साथै आयुर्वेद टोलीले सधैं स्वास्थ्य सतर्कता अपनाउँदै योग, प्राणायाम गर्ने, खानपानमा ध्यान दिने र आत्मबल बलियो बनाउँदा कोरोना सहितका रोगहरु टाढा भाग्ने जानकारी गराएको छ । आयुर्वेद टोलीले गुर्जाे, जेठी मधु जस्ता आयुर्वेदिक औषधि वितरण गर्दै त्यसखाले औषधिको सेवनले कोरोनाको संक्रमणलाई परास्त गर्न प्रतिरोध क्षमता बढ्ने सन्देश प्रवाह गरिएको छ । त्यहाँ रहेकाहरुको विदाईमा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । भारतबाट घर फर्किएकाहरुका लागि राखिएको क्याम्पसको क्वारेन्टिनमा रहेका अन्य ३१ जनाको पनि केही दिनमा स्वाब परीक्षण गरिने नगरपालिका कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes