मंगलबारे अस्पतालको नाम परीवर्तन नगर्न मागसहित मुख्यमन्त्रीलाई ज्ञापन–पत्र - Pahilo Online

मंगलबारे अस्पतालको नाम परीवर्तन नगर्न मागसहित मुख्यमन्त्रीलाई ज्ञापन–पत्र

writer

उर्लाबारी । प्रदेश १ को निती तथा कार्यक्रममा उर्लाबारी–३ स्थित मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नाम परीवर्तन गरी स्तरउन्नति गर्ने योजना बनाएको थियो । तर नाम यथावत राख्नु पर्ने भन्दै मंगलबारे अस्पताल व्यवस्थापन समिति र संयुक्त संघर्ष समिति उर्लाबारीले प्रदेश नं.–१ का मुख्य मन्त्रीसहितका मन्त्रालयमा ज्ञापन–पत्र बुझाएका छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भानुभक्त शर्मा पराजुली र संयुक्त संघर्ष समितिका संयोजक बिरबल थापासहितको समुहले मंगलबार मुख्यमन्त्रीको कार्यालय र सामाजिक बिकास मन्त्रालयमा ज्ञापन–पत्र प्रदान गर्दै स्थानियको जनभावना विपरित नाम परिवर्तन नगर्न माग गरेका छन ।

उता मंगलबारेमा पनि स्थानियहरुले मंगलबारे अस्पताल पहिचाहन संघर्ष समितिले पनि स्वतस्फुर्त रुपमा आइतवारदेखि दैनिक मंगलबारेको पहिचाहनका रुपमा रहेको अस्पताललाई स्तरोन्नतीका नाममा राजनीती नगर्न र नाम परिवर्तनसमेत नगर्न माग गर्दै शान्ति पूर्वक विरोध ¥याली गरेका छन् ।

उर्लाबारी नगरपालकाका नगर प्रमुख खड्ग फागोले पनि नगरपालिकाको मातहतमा रहेको अस्पताललाई प्रदेश सरकारले स्थानिय सरकारसगँ समन्वय नै नगरी लकडाउनको कठिन परिस्थतीमा नाम परिवर्तनको प्रस्ताव प्रदेश प्रमुखले नीती तथा कार्यक्रम मार्फत गरेकोमा असहमती जनाउदै जनभावना विपरीत कार्य नगर्न र लोकतन्त्रमा जनभावनाको संम्मान गर्न सुझाव गर्दै मंगलबारे अस्पतालमै आवश्यक स्वस्थ्य कार्यक्रम थप गर्दा उपयुक्त हुने बताएका छन ।

प्रदेश प्रमुखले जेष्ठ २३ गते प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/०७८ को निती तथा कार्यक्रममा मंगलबारे अस्पतालको स्तरोन्नती गर्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकसित गरीने घोषणा गरेपछि स्थानियहरुले उक्त घोषणा जनभावना विपरीत भएको बताउदै आएका छन । अस्पताल व्यवस्थापन समिति, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा, मंञ्च सम्वद्ध संघीय लिम्बुवान पार्टी नेपाल तथा मंगलबारे अस्पताल पहिचाहन संघर्ष समितिले प्रेस बिज्ञप्ती प्रकाशन गरी विरोध जनाएका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes