पुर्वविद्यार्थी संगठनको सक्रियतामा बिद्यालयको मुहार फेरिदै - Pahilo Online

पुर्वविद्यार्थी संगठनको सक्रियतामा बिद्यालयको मुहार फेरिदै

writer

सनम रोक्का । कानेपोखरी । हाल नेपालका प्रायजसो सामुदायिक बिद्यालयहरुको अवस्था निकै नाजुक हुदै गइहेको छ । भौतिक संरचना र शैक्षिक गुणस्तरमा ह्रास आउन थालेपछी अभिभावकको ध्यान निजि विद्यालयतर्फ मोडिरहेको छ। यस्तै–यस्तै अवस्थाका बीच गुज्रिरहेको कानेपोखरी गाउँपालिका ०६ मा अवस्थित सरस्वती आधारभूत बिद्यालय मुलगाउँको हाल भौतिक र शैक्षिक पक्ष गुणस्तरीय सुधार तर्फ उन्मुख भइरहेको छ।

भुतपुर्व विद्यार्थीको सक्रियतामा सरस्वती आधारभुत भूतपुर्व विद्यार्थी संगठनको स्थापना गरि बिद्यालयको भौतिक संरचना साथै शैक्षिक स्तरोन्नति गर्ने कार्यमा निरन्तर लागिपरेका छन्। हाल बिद्यालयको परिसरभित्र रंगरोगन कार्य भइरहेको छ। गत शनिबार पुर्वविद्यार्थी संगठनले स्कुल परिसर भित्र अशोक, धुपीलगायतका विभिन्न प्रकारका तीन दर्जनबढी विरुवा वृक्षारोपण गरेका थिए। अभिभावकका लागि विश्रामस्थल, विद्यार्थीको लागि खाजा खाने स्थलको पनि निर्माण गरिसकेको संगठनका अध्यक्ष खगेन्द्र बराईलीले बताए।

विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि ल्याउन स्कुलमा आवद्ध पक्ष शिक्षक, व्यवस्थापन समिती एवम् स्थानीय समाज एकजुट भएर लागिपरेका छन्। स्कुलको भौतिक सुधारको लागि आवश्यकिय आर्थिक व्यवस्थापन हाल पुर्वविद्यार्थी संगठनले नै जुटाईरहेको छ भने आगामी दिनमा आईपर्ने आर्थिक भारलाई न्यूनीकरण गर्न स्थानीय समाजसेवी, जनप्रतिनिधि, संघसस्था, स्थानीय तहसंग समन्वय गर्नेपनि संगठनका सचीव विजय भट्टराईले जानकारी दिए। आगामी शैक्षिक सत्रदेखि कक्षा ३ सम्म अंग्रजी माध्यममा अध्यापन हुने, शान्त वातावरणमा मल्टिमिडियाको प्रयोग गरि शैक्षिक गुणस्तरीयतामा कन्जुस्याइँ नगर्ने पनि बताईएको छ। २०४४ सालमा स्थापना भएको यस बिद्यालय कक्षा पाँचसम्म अध्यापन हुने गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes