वडा नं ६ का किसानलाई मोटर र कागतीको विरुवा वितरण - Pahilo Online

वडा नं ६ का किसानलाई मोटर र कागतीको विरुवा वितरण

writer

पथरी शनिश्चरे । मोरङकोे पथरी शनिश्चरे नगरपालिका वडा नं ६ मा आर्थिक वर्ष २०७६/७७ को कृषि कार्यक्रम अन्र्तर्गत सोमबार वडाका किसानहरुका लागी पानी तान्ने मोटर र कागतीको विरुवा वितरण गरीएको छ ।

नगर प्रमुख दिलिप कुमार राईको प्रमुख अतिथ्यमा एक औपचारीक कार्यक्रमको आयोजना गरी वडाका किसानहरुलाई २४ थान मोटर र ९ सय थान उन्नत जातको कागतीको विरुवा वितरण गरेको हो। सो सामाग्री वितरणका साथै वडाले वडामा कार्यरत ४ जना स्वास्थ्य स्यमंसेविकाहरुलाई सम्मान समेत गरेको छ। वडाले स्वास्थ्य स्यमंसेविकाहरुको सम्मानका लागी ३० हजार रुपैयाँ विनियोजन गरेको थियो।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख राईले वडाका किसानहरुलाई अर्गानिक खेतीतर्फ केन्द्रित हुन आव्हान गरे । स्वस्थ मानव जीवनका लागी अर्गानिक खेती अपरीहार्य रहेको राईको भनाई थियो। लक डाउनले कृषिको महत्व अझै बढाएको प्रसंग उल्लेख गर्दै नगर प्रमुख राईले परम्परागत विधिको बदलामा वैज्ञानिक र आधुनिक विधिबाट खेती गर्न आग्रह समेत गरे । नगर प्रमुख राईले वडाको कृषि क्षेत्रको विकासका लागी नगरले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

वडाले विनियोजन गरेको बजेट ७ लाख रुपैयाँ र कृषि पकेट कार्यक्रम मार्फत प्राप्त अनुदान समेत गरी मोटर र कागतीको विरुवा वितरण गरीएको हो । सोही रकम मार्फत यस अघि नै वडाका किसानहरुका लागी वडा कार्यालयले ६ मेट्रिक टन उन्नत जातको धानको विउ वितरण गरिसकेको छ । आज आयोजना गरीएको कार्यक्रममा वितरण गरेको ९ सय कागती ४ विगाहा वढि क्षेत्रफलमा खेती गरेर आम्दानी लिन सकिने वडाको कृषि शाखा प्रमुख सावित्रा कार्कीले जानकारी दिइन् ।

सोही कार्यक्रममा बोल्दै वडा अध्यक्ष जय बहादुर तामाङले कृषि क्षेत्रका लागी वडा नं ६, नगरको उत्कृष्ट वडा भएको दावी गर्दै कागतीको पकेट क्षेत्रको रुपमा स्थापित हुदै गरेको वडालाई क्रमशः जोन, सुपर जोन वनाउने लक्ष्यका साथ कृषि कर्ममा लाग्न अनुरोध गरे । अध्यक्ष तामाङले वडा कार्यलयले वितरण गरेको मोटरको सहि सदुपयोग गरी कृषि उत्पादानमा वृद्धि गर्न समेत आग्रह गर्नु भएको छ। नगरको ६ नम्वर वडामा उत्पाति तरकारी पथरी शनिश्चरेको वजारहरुका साथै छिमेकी पालिकाहरु र संघिय राजधानीसम्म खपत हुने गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes