झापा । झापाको दमक नगरपालिका १ को भित्री सडक खण्डमा पिकअप गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री दमक नगरपालिका १ का ७८ का दुर्गा प्रसाद अधिकारीको मृत्यु भएको छ । आज दिउँसो पौने ४ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले ठक्कर दिंदा घाईते भएका अधिकारीको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।