मंगलबारे अस्पतालको नाप परीवर्तन गर्ने प्रदेश सरकारको निर्णयको विरोध - Pahilo Online

मंगलबारे अस्पतालको नाप परीवर्तन गर्ने प्रदेश सरकारको निर्णयको विरोध

writer

उर्लाबारी । उर्लाबारस्थित मंगलबारे अस्पताललाई नाम परीवर्तन गरी प्रदेश सरकारले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका रुपमा प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा घोषणा गरेपछि अस्पताल प्रशासनसहित केही राजनितीक दलले आपत्ति जनाएका छन ।

नेपाली काग्रेस नगर सभापति बिरबल थापाले प्रदेश सरकारले आफनो नीती तथा कार्यक्रममा अस्पताललाई नाम परिवर्तन गर्ने तयारी गरेकोमा आपत्ति जनाउदै उक्त घोषणा फिर्ता गर्न माग गरेका छन । बिज्ञप्तीमा प्रदेश सरकारले नीती तथा कार्यक्रममा अस्पतालको नाम परिवर्तन गर्ने बिषयलाई एक हप्तासम्म फिर्ता नगरेमा सडक आन्दोलनसमेत गर्ने उल्लेख गर्दै सावीक मंगलबारे अस्पताल नाम परिवर्तन नगर्न चेतावनी दिइएको छ ।

उर्लाबारी नगरपालिकाका वडा नं.–७ का वडाध्यक्षसमेत रहेका थापाले नाम यथावतै राख्नको लागि उर्लाबारी नगरपालिका, प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय सरकारको स्वस्थ्य मन्त्रालयलाई समेत ज्ञापन–पत्र दिने निर्णय गरेको उनले बताए । यसैगरी जनता समाजवादी पार्टी नेपाल उर्लाबारीले पनि अस्पताललाई ट्रमा सेन्टर बनाउने निर्णय स्वागतयोग्य भए पनि नाम परिवर्तन गर्न नहुने सो पार्टीका अध्यक्ष मात्रिका धिमालद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

यसैगरी मंगलबारेका युवा समुहले पनि राष्ट्रिय झण्डा सहित सडकमा निस्किएर प्रदेश सरकारले अस्पताललाई आवश्यक उपकरण र क्षमता वृद्धिका लागि गरेको सहयोग अत्यन्तै राम्रो भए पनि नाम परिवर्तन गर्दा पहिचाहन हराउने भएकोले आपत्ति जनाउदै बिरोध समेत गरे । स्थानिय युवा रोहीत कार्कीको नेतृत्वमा बिरोध ¥याली मार्फत प्रर्दशन गर्दै नाम परिवर्तका लागि गरेको प्रस्ताव फिर्ता नगरे आन्दोलन गर्ने घोषणा समेत गरेका छन ।

यसै बिच मंगलबारे अस्पताल व्यवस्थापन समितिको आइतबार बसेको आकस्मिक बैठकले नाम परिवर्तनको प्रयासलाई फिर्ता गर्ने निर्णय गरेको छ । अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भानुभक्त शर्मा पराजुलीद्धारा हस्ताक्षर गरी जारी गरेको प्रेस–बिज्ञप्तीमा प्रदेश सरकारले गरेको सहयोग सकारात्क भए पनि जनभावना विरुद्ध नाम परिवर्तन गर्न नहुने र प्रस्तावित नाम फिर्ताको लागि प्रदेश प्रमुख, मुख्य मन्त्री, सामाजीक बिकास मन्त्री, बिपक्षी दलका मुख्य सचेतक, यसक्षेत्रका प्रदेश सभाषद, उर्लाबारी नगरपालिका सहितलाई ज्ञापन–पत्र सोमबार दिने निर्णय समेत गरेको छ ।

२०४९ सालमा प्राथमिक स्वस्थ्य केन्द्रको रुपमा स्थापना भएको उक्त स्वस्थ्य केन्द्रलाई क्रमिक रुपमा विकसित गरीदै ५० वेडको सम्म पु¥याउने योजना र पूर्व पश्चिम राजमार्गसँगै भएकोले दुर्घटनामा परेका मानिसहरुको उपचार गराउन सहज हुने भएकाले प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकसित गर्ने योजना ल्याएको प्रदेश सरकार सामाजीक बिकास मंन्त्रालयले जनाएको छ । (ब्लाष्टखबरबाट)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes