२१३ कोरोना सङ्क्रमित थपिए, हालसम्म ४ सय ६७ डिस्चार्ज - Pahilo Online

२१३ कोरोना सङ्क्रमित थपिए, हालसम्म ४ सय ६७ डिस्चार्ज

writer

काठमाण्डौ । आज आइतबार थप दुई सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रिमतको सङ्ख्या तीन हजार चार सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार थपिएकामा दुई सय नौ जना पुरुष रहेका छन् भने चार जना महिला छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक सय दुई जना कोरोना सङ्क्रमित डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । जसमा सय जना पुरुष छन् भने दुई जना महिला छन् । योसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या चार सय ६७ पुगेको छ, जसमा पुरुष तीन सय ९९ जना रहेका छन् भने ६८ जना महिला रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes