खोटाङमा खुकुरी प्रहारबाट १ को मृत्यु १ घाईते - Pahilo Online

खोटाङमा खुकुरी प्रहारबाट १ को मृत्यु १ घाईते

writer

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका २ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आइतबार बिहान पौने ९ बजेको समयमा स्थानीय ३६ बर्षीय शुभराज राईले सोही स्थान बस्ने ६५ बर्षीय डिल्लीराज राई र निजकै श्रीमती ६२ बर्षीय सममाया राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई घाईते अवस्थामा फेला पारेको थियो ।

घाईते दुबै जनालाई उपचारको लागी हेलिकोप्टर द्धारा काठमाण्डौ पठाउने तयारी हुँदै गर्दा डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाईते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएकोछ भने खुकुरी प्रहार गर्ने शुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes