‘क्वारेन्टिन’ मा बसेकालाई कुटोकोदालो सहकारी संस्थाको खाना - Pahilo Online

‘क्वारेन्टिन’ मा बसेकालाई कुटोकोदालो सहकारी संस्थाको खाना

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले कोरोना भाइरसको संक्रमणबाट जोगिन खडा गरेको प्रारम्भिक स्वास्थ्य सुरक्षाको एकान्तस्थल ‘क्वारेन्टिन’ मा राखेको ४० जनालाई स्थानीय कुटोकोदालो सहकारी संस्थाले शुक्रबार खाना खुवाउने काम गरेको छ ।

सहकारीका अध्यक्ष एलबी भण्डारीको अगुवाईको समूहले व्यवस्थापन गरेको चामल, दुध, चिनी तथा तरकारी नगर उपप्रमुख यमुना विष्ट वास्तोलामार्फत पथरी बहुमुखी क्याम्पसको ‘क्वारेन्टिन’ मा रहेकाहरुलाई उपलब्ध गराइएको हो । खाद्यान्न सामग्री उपलब्ध गराएपछि उनीहरुलाई खान खुवाउने जिम्मा लिएको क्यान्टिनले खाना बनाएर खुवाएको छ ।

सो अवसरमा संस्थाले नगरका पत्रकारलाई उपलब्ध गराएको १५ थान एननायन्टी फाइभ मास्क नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव सन्तोष राईलाई वास्तोलाले हस्तान्तरण गरिन् । सो सहकारीले आफ्ना शेयर सदस्य कृषकले उत्पादनका गरेको तरकारी लकडाउनको समयमा स्वास्थ्य सतर्कता अपनाउँदै नगरका सवै क्षेत्रमा गाडीमा राखेर विक्री वितरण गरी सहजता प्रदान गर्दै आएको छ ।

भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन नगर कार्यपालिकाको निर्णय अनुरुप नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको व्यवस्थापनमा ‘क्वारेन्टिन’ स्थापना गरिएको हो । भारतबाट आएका हालसम्म ४० जना क्याम्पसको ‘क्वारेन्टिन’ मा बसिरहेका छन् । त्यस बाहेक नगरकै निगरानीमा ६ जना होम क्वारेन्टिनमा रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes