भोजपुरमा थप ५ जनामा कोरोनो संक्रमण पुष्टि - Pahilo Online

भोजपुरमा थप ५ जनामा कोरोनो संक्रमण पुष्टि

writer

धनकुटा । भोजपुरमा आज थप ५ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक ५ जना थपिएसँगै भोजपुरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । ४८ जनामा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ। भारतबाट आएका ४२ जना, ४ जना सुरक्षाकर्मी र २ जना स्थानीयको पीसिआर परिक्षण गरिएकोमा भारतबाट आएका षडानन्द नगरपालिकाका १७, १९, २९, ३० र ३२ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो। कोरोना पुष्टि भएका ५ जना नै जेठ १३ गते सुनौली नाका हँुदै भोजपुर पुगेका हुन्।

कोरोना संक्रमण पुष्टि भएकालाई सरकारले मोरङको गोठगाँउ पठाउनु भनेकाले उतै पठाइने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए। उनले कोरोना संक्रमण पुष्टि भएकालाई पठाउन सवारीको अभाव भएको बताए। १३ गते सुनौली नाकाहुदै भारतबाट आएका ६ जना मध्ये ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। बाँकी १ जनालाई अरुण गाउँपालिकास्थित जरायोटारमा होल्डिङ सेन्टर राखिएको छ। भोजपुरमा यसअधि कोरोना संक्रमण पुष्टि भएका एक पुरुष भने कोरोनामुक्त भएर घर फर्किसकेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes