दमक । लगातारको लकडाउनका कारण साना उद्योगी, ब्यवसायी र श्रमिकहरु मारमा परेको जनाउदै दमक उद्योग बाणिज्य संघले दमक बजार खुलाउन माग अघि सारेको छ । अन्यथा आफुहरु अवज्ञा गर्ने पनि ब्यवसायीहरुले चेतावनी दिएका छन्। संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्व अध्यक्ष प्रकाश प्रसाई सहितको उद्योगी, व्यवसायीहरुको एक टोली नगरपालिका पुगेर नगर प्रमुख रोमनाथ ओली एवं जनप्रतिनिधिहरुसंग छलफल गर्दै त्यस्तो माग अघि सारेका हुन् ।
त्यसक्रममा उनीहरुले सामाजिक दुरी कायम राखेर र आवश्यक सावधानी अपनाएर बजार तथा पसलहरु नियमित खोल्ने अवस्था ल्याउन माग राखेका थिए । नगर प्रमुख ओलीले केहि दिन पर्खन अनुरोध गर्दै ब्यवसायीको समस्या प्रति आफुहरु गंभीर भएका वताए । राज्यले लकडाउन घोषणा गरेको अवस्थामा यहाँ मात्र खोल्न नसकिने जनप्रतिनिधिहरुको भनाई थियो । हामी पनि ब्यवसायीहरुको माग र समस्याको बिषयमा जानकार भएपनि यहाँ लकडाउन खुला भयो भनेर भन्न सक्ने अवस्था संभव नभएको एक जनप्रतिनिधिको भनाई रहेको थियो । तर ब्यवसायीहरुले भने अवज्ञा गर्ने चेतावनी दिए ।