सामुदायिक बिकास मञ्चको स्थापना दिवसमा ९२ पिन्ट रगत संकलन - Pahilo Online

सामुदायिक बिकास मञ्चको स्थापना दिवसमा ९२ पिन्ट रगत संकलन

writer

उर्लाबारी । सामुदायिक बिकास मञ्च उर्लाबारीको २३ औं स्थापना दिवसका अवसरमा सक्तदान गरेको छ। बिहिबार आयोजित रक्तदान कार्यक्रममा ९२ जनाले रक्तदान गरेका छन । उर्लाबारी–६ स्थित महारुद्र शिवालय मंन्दिरको सभाहलमा संस्थाका अध्यक्ष ढुण्डुराज भट्टराईको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका वडा नं.–६ का वडाध्यक्ष चिन्तामणी पौडेलको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा स्थानिय २७ महिलासहित ९२ जनाले रक्तदान गरेका संस्थाका सह–सचिव प्रभु दिलुङछा राईले बताएका छन।

सामाजिक क्षेत्रमा नगरमा अग्रणी कार्य गर्दै आएको उक्त संस्थाले रक्तदान, सरसफाई, विपदमा परेकालाई सहयोग, धर्म संस्कृतिको जगेर्ना, सडक वत्तीको व्यवस्थापन सहितका सार्वजनिक सरोकारका क्षेत्रका कार्य गर्दै आएको संस्थाका सचिव प्रेम बोहोराले बताएका छन । उक्त रक्तदान नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र उर्लाबारीको प्राविधीक सहयोगमा भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes