नेपालमा एकै दिन ३३४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १० पुग्यो - Pahilo Online

नेपालमा एकै दिन ३३४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १० पुग्यो

writer

काठमाडौं । आज बिहिबार एकै दिन नेपालमा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । बिहीबार थप एकजनाको संक्रमणका कारण मृत्यु भएको छ ।

पाल्पा जिल्लाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । ति संक्रमितको मृत्यु भने २० गते नै भइसकेको थियो । यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । २९० जनाले कोरोनाको संक्रमण जितेर निको भएका छन् । नेपालमा कोरोना संक्रमण ६५ जिल्लामा फैलिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes