राष्ट्रिय बहुमुखी शाकोसद्वारा व्यवसायीक कागती खेती शुरु - Pahilo Online

राष्ट्रिय बहुमुखी शाकोसद्वारा व्यवसायीक कागती खेती शुरु

writer

दमक । दमक–८ मा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले व्यवसायिक रुपमा कागती खेती शुरु गरेको छ । संस्थाले कमल गाँउपालिका वडा नम्बर १ रतनचौनमा व्यवसायिक रुपमा कागती खेती शुरु गरेको हो । बुधबार एक औपचारिक कार्यक्रम गरि संस्थाले कागती रोप्न शुरु गरिएको व्यवस्थापक कृष्ण राज गोलेले बताए । कागती विरुवाको संस्थाका अध्यक्ष जीतमान राईले विरुवा रोपेर वृक्षरोपण शुभारम्भ गरिएको थिए । उनले कागती खेतीले व्यवसायिक रुपमा कृषि क्षेत्रमा नयाँ काम थालिएको उल्लेख गरेका थिए ।

संस्थाको आफनै दुई विगाहा १० कठ्ठा जमीनमा एक हजार वढी सुन कागती जातका बिरुवा रोप्ने काम सम्पन्न गरिएको संस्थाका सचिव एलडी सोताङ राईले जानकारी दिए । दुई वर्ष भित्रमा कागतीले उत्पादन शुरु गर्ने जनाईएको छ । वृक्षरोपण शुभारम्भ कार्यक्रममा संस्थाका उपाध्यक्ष धनराज राई, लेखा समिति संयोजक मनिकुमार राई, सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु ,उपसमितिका पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes