काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कोभिड १९ को संक्रमण पुष्टि भएकाको संख्या २ हजार ३ सय पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत चौबिस घण्टामा १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । अहिलेसम्म पिसिआर परीक्षण ८० हजार २६७ जनाको भएको छ । क्वारेन्टिनमा १ लाख ५५ हजार ८६८ जना रहेको पनि मन्त्रालयले जनाएको छ । आइसोलेसनमा २ हजार १३ जना रहेका छन् ।