राजको हत्या आरोपमा ३ जना युवा पक्राउ - Pahilo Online

राजको हत्या आरोपमा ३ जना युवा पक्राउ

writer

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० का २८ बर्षीय राजन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका ५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उपमहानगरपालिका २० का १९ बर्षीय अभिषेक के.सी. (गिरी) र सोही स्थानका २३ बर्षीय अभिषेक पौडेल रहेका छन् ।

जेष्ठ १८ गते राती करिव सवा ९ बजेको समयमा छिमेकी खीले भनिने अमित घिमिरेको घरमा प्रतिवादी मध्येका प्रज्वल राई र रादन राई बिच सामन्य बादबिबाद भएको र बादबिबाद पश्चात मृतक राई आफ्नो घर तर्फ फर्कने क्रममा बाटोमा ढुकेर बसेका प्रतिवादीहरुको समुहले बाँसको लाठीले अन्धाधुन्द कुटपिट गर्नुका साथै धारिलो हतियार छुराले कोखा तथा छातीमा प्रहार गरी घाईते बनाई फरार रहेकोमा घाईतेका अन्य साथीहरुले थाहा पाई घाईतेलाई तत्काल उद्धार गरी उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै घटनाको सम्बन्धमा अनुसन्धान तथा फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय इटहरीको अनुसन्धान टोलीले जेष्ठ १९ गते साँझ ६ बजे ईटहरी उपमहानगरपालिका ११ बाट तिनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes