पथरी शनिश्चरमो क्षेत्रमा सञ्चालित ४ योजनाहरुको अनुगमन् - Pahilo Online

पथरी शनिश्चरमो क्षेत्रमा सञ्चालित ४ योजनाहरुको अनुगमन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित योजनाहरुको अनुगमन्का क्रममा स्वास्थ्य सतर्कता अपनाउँदै आज ४ वटा योजनाको अनुगमन् भएको छ । नगर उपप्रमुख एवम् नगर अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले वडा नम्वर १ को यलम्बर चोकदेखि जोरधारा निस्कने सडकमा पेवल लगाउने कामको अनुगमन् गरेको छ । वडाको २ लाख ७६ हजार १ सय ६३ रुपैयाँको स्टिमेटमा १ सय ४५ फिट लम्वाई र ७ फिट चौडाइ बाटोमा पेवल र त्यहाँ ४ थान ह्यूमपाइप लगाउने काम सम्पन्न भएको छ ।

टोलीले ८ नम्वर वडाको गोलेटोल शुक्रबारे पश्चिम वीपी चोकको ५ सय ४० मिटर लम्वाई र ३ दशमलव ७५ मिटर चौडाईको बाटोको ३ लाख रुपैयाँमा ग्राभेलिङ सहितको स्तरोन्नती भएको योजनाको पनि अनुगमन् गरेको छ । ६ लाखको लागतमा ८ नम्वर वडाको कुशेदेखि लालीगुराँस चोक जाने बाटोको स्तरोन्नती भएको छ । वडाको बजेटमा १ हजार २ सय मिटर लम्वाई र ५ मिटर चौडाईको स्तरोन्नतीमध्ये ७ सय मिटरमा ग्राभेलिङ कार्यको अनुगमन् भएको हो ।

उता, ३ लाख ३३ हजार २ सय ४८ रुपैयाँको लागतमा ९ नम्वर वडाको सिंहवाहिनी मावि पूर्व कुमार दर्जीको घर छेउको होलीमा बनेको कल्भर्टको समेत अनुगमन् भएको छ । त्यहाँ २ मिटर लम्वाई र ६ मिटर चौडाईको कल्भर्ट निर्माण सम्पन्न भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes