सामान्य विवादका कारण इटहरीमा छुरा प्रहारबाट युवकको मृत्यु - Pahilo Online

सामान्य विवादका कारण इटहरीमा छुरा प्रहारबाट युवकको मृत्यु

writer

इटहरी । इटहरीमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति ११ बजे इटहरी उपमहानगरपालिका–२० तरहराका ३० वर्षीय राजन राईको छुरा प्रहारबाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार ५ जनाको समूह बसेर मदिरा सेवन गरेको समयमा सामान्य विवादका कारण राईमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रज्वल तामाङका समूहले एकता टोलमा राईमाथि आक्रमण गरेको थियो ।

घाइते राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । घटनामा संलग्न तीन जना फरार रहेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes