विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासितक्षेत्र तीब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्रीउपलब्ध गराएको छ । तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपालचीनकार्यकारी परिषद्ले आजप्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्रीमुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को—अर्डिनेटर मुकेश उपाध्यायले हस्ताण्तरण गरेका हुन् । करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्रीप्राप्तभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्राप्तभएको स्वास्थ्य सामाग्रीमा पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन् । त्यस्तै आरडिटी किट १० हजार, भिटिएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पिपिइ ५ हजार, एन ९५ माक्स ५ हजार, सर्जिकलमाक्स २० हजार, सर्जिकलग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्रामपोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ ।
यी उपलब्धभएका स्वास्थ्य सामाग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामाप्रभावकारी रुपमाप्रयोग गरिने मुख्यमन्त्री राईले बताए । हामी प्रदेशका धेरै भन्दा धेरै नागरिकहरुको कोरोना परीक्षणमा छौं, प्राप्तभएका सामाग्रीहरुले थप सहयोग पुगेको उनको भनाई छ । साथै सामाग्रीउपलब्ध गराएको तीब्बत सरकारलाई मुख्यमन्त्री राईले धन्यवाद दिए। प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा तीब्र बनाएको छ ।प्रदेश १ मा करिब ८ हजारको पिसिआर परीक्षण भएको छ । प्रदेश १ मा अहिलेसम्म १ सय ६२ जनालाई कोभिड—१९ पुष्टि भएको छ भने ३० जना निको भएर घर फर्किएका छन् ।