दुर्घटनामा परेकी रन्जुको नोवेलमा उपचारका क्रममा २३ दिनपछि मृत्यु - Pahilo Online

दुर्घटनामा परेकी रन्जुको नोवेलमा उपचारका क्रममा २३ दिनपछि मृत्यु

writer

बिराटनगर । राहत वितरणको लागि जाने क्रममा दुर्घटनामा परेकी मोरङको सुन्दरहरैंचा नेकपा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत न्यौपानेको शनिबारराती मृत्यु भएको प्रहरीले जनाएको छ । सुन्दरहरैंचा–१० त्रिवेणी टोलकी ४० बर्षीया न्यौपाने राहत वितरणका लागि जाने क्रममा बैशाख २७ गते दुर्घटनामा परेकी थिईन् ।

न्यौपाने सवार को.३१ प.३११७ नम्बरको स्कुटरलाई बिराटचौकमा प्रदेश नं.१–०२–००२ ह.८५२३ नम्बरको सिटी सफारीले ठक्कर दिदा उनी गंभीर घाईते भएकी थिईन् । नोबेल अस्पतालमा उपचारका क्रममा २३ दिनपछि उनको मृत्यु भएको हो । दुर्घटना पश्चात सिटी सफारी र चालक बिराटचौकका ३२ बर्षीय खगेन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जमानीमा छोडेको थियो । तर, घाईते न्यौपानेको मृत्यु भएपछि पुनः चालक पौडेललाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायव निरीक्षक रमेश प्रधानले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes