रुकुम घटना विरुद्ध शनिश्चरेका युवाहरुको विरोध प्रदर्शन - Pahilo Online

रुकुम घटना विरुद्ध शनिश्चरेका युवाहरुको विरोध प्रदर्शन

writer

पथरीशनिश्चरे । नेपालभर रुकुम घटनाको घोर विरोध भइरहेको अवस्थामा मोरङ्ग पथरीशनिश्चरेको शनिश्चरे बजारका सक्रिय युवाहरुले पनि रुकुम पश्चिमको चौरजहारि नगरपालिका–८ सोतीमा जातिय भेदभावका कारण हत्या भएको २१ बर्षिय नवराज विक सहित अन्य ५ जनाले ज्यान गुमाएकोमा दोषीलाई कडा कानुनी कारबाही र पिडितलाई न्यायको माग गर्दै आइतबार विरोध ¥याली निकालेका छ्न।

४० बढी युवाहरुको सहभार्गी याली शनिश्चरेबजार परिक्रमा गरि कोणसभा परिणत भएको थियो। कोणसभाको सम्बोधन गर्दै र्यालीका संयोजक मुकन लिम्बुले जातिय विभेद अन्त्य हुनुपर्ने र अन्त्यका लागि सम्पुर्ण एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए। १० बर्षे जनयुद्धको स्मरण गर्दै त्यो संर्घषले पनि समाजमा अझ जातिय हिंसा व्यवहारीक रुपमा परिवर्तन गर्न नसकेको बताए।

उनीहरुले रुकुम जाजरकोट घट्नाका दोषीलाई कारवाही गर, मृतकलाई सहिद घोषणा गर, जातीय भेदभाव कहिलेसम्म, हत्यारालाई आजिवन कारावासको सजाय दे,जातिय विभेद अन्त्य गर लगायतका चर्का नारा लगायका थिए । सातै प्रदेशका हामी सम्पुर्ण एक नेपाली दाजुभाई हौ त्यसैले जातको आधारमा कसैको ज्यान लिन पाईदैन भन्दै उनीहरुले सम्बन्धित निकायले तुरुन्त दोषीलाई कारवाही गर्नुपर्ने माग राखेको छन् । उनिहरुले तत्काल कानुनी कारबाही अघि नबढाए विरोध अझ चर्को बनाउने पनि चेतावनी दिए।

पश्चिम रुकुमको भेरी नगरपालिका–४ का नवराज बिक, गणेश बुढालगायत ५ जनाको शव रुकुम पश्चिमको भेरी नदीमा मृत अवस्था भेटिएका थिए । घटनामा १२ जना घाइते भएका थिए । शनिबार आफ्नी १७ वर्षीया प्रेमिकालाई भगाउन नवराजसहित सोती पुगेका युवामाथि गाउँलेले निर्घात कुटपिट गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes