तनुजाको घटना “ठुलै मानसिक तनाब दिएर आत्महत्या गर्न बाध्य बनाइएको”परिवारको आरोप - Pahilo Online

तनुजाको घटना “ठुलै मानसिक तनाब दिएर आत्महत्या गर्न बाध्य बनाइएको”परिवारको आरोप

writer

मोरङ । मोरङको उर्लाबारी घर भएकी तनुजा कार्कीको लाई ठूलै तनाब दिएर आत्मा हत्या गर्न लगाइएको परीवारले आरोप लगाएका छन् । तेरथुममा कामको सिलसिलामा रहेकी २४ बर्षीय तनुजाको शब जेठ १३ गते मंगलबार फेला परेको छ । मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत रहेकी तनुजा कार्कीले शव म्याङ्लुङ बजार स्थित सन्तोषी होटेलमा झुन्डिएको अवस्थामा फेला परेको हो ।

युवतीको साथमा उक्त होटेलमा नुवाकोट घर भएका ३७ बर्षीय खम्बासिहं तामाङ पनि रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेज प्रसाद दाहालले बताए । उनि २ दिन देखि अफिसबाट बिदा मागेर म्याङ्लुङ पुगेकी थिइन् । तामाङ भने बिगत ४ दिन देखि होटेलमा बसेका थिए । उनि ठेकेदारको काममा संलग्न रहेका छन् ।

जेठ १३ गते बिहान दुवैले संगै खाना खाएर तामांङ काममा गएको र कार्की कोठामा नै रहेकी थिइन् । अपरान्ह तामांङ आएपछि उनले ढोका नखोलेपछि उनले ढोका फोडेर हेर्दा सलको पासो लगाएर झुण्डिएको अबस्था देखेपछि स्थानीयलाइ बोलाएका थिए । प्रहरीले उनि संगै रहेको भनिएका तामांङलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । प्रहरी श्रोतका अनुसार उसको नुवाकोटमा पहिलेबाट २ वटी श्रीमती रहेको खुलेको छ ।

उनीलाई प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान अगाडी बढाएको छ ।तनुजाको दाहसंकार उर्लाबारीमा गरिएको छ भने पोष्टमाटमको रिपोर्ट आउन बाकि रहेको छ ।पोष्टमाटमको रिपोर्ट पछी थप अनुसन्धानमा सहज हुने प्रहरीले जनाएको छ । हाल तामाङलाई १४ दिनको म्याद थप गरि उनको मोबाइलको कल डिटेलबारे अनुसन्धान भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes