सुनसरी । सुनसरी बराहक्षेत्रमा कुटपिटगरी हत्या गरेको अवस्थामा शव फेला परेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ स्थित जमुना गाछीमा नयाँ खोलिएको प्लटिङमा एक युवालाई कुटपिट गरि हत्या गरेको अवस्थामा फेला शव फेला परेको स्थानियले बताए ।
बराहक्षेत्र ३ बाङ्गे घर भए पनि केही बर्ष देखि दमक बस्दै आएको राईको कुटपिट पछि हत्या गरेको हुन सक्ने स्थानीयहरुले बताएका छन् । बराहक्षेत्र ३ भानुचौक निवासी मन्जु राईको भिनाजु रहेको र हाल मन्जु राईको घरमै बस्दै आएको खुल्न आएको छ । खेतको बाटो माथि घोप्टो परेको रगतले लतपतिएको टाउँको फुटेको, कान काटिएको अबस्थामा शब फेला परेको र घट्नाकोे विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।