कोशी अस्पताल प्रदेश सरकार मार्फत ल्याउन सांसद साम्बाको माग - Pahilo Online

कोशी अस्पताल प्रदेश सरकार मार्फत ल्याउन सांसद साम्बाको माग

संघीय सरकार मातहत हुँदा सरकारलाई प्रभावकारी काम गर्न समस्या हुने

writer

विराटनगर । प्रदेश नं १ का सांसद कुलप्रसाद साम्बाले बजेट अधिबेशनमा संघीय सरकार मार्फत रहेको कोशी अस्पताललाई प्रदेश सरकार मातहतमा ल्याउन माग गरेका छन । प्रदेश सभाको बजेट अधिबेशनको शुक्रबारको बैठकमा बोल्दै सांसद साम्बाले प्रदेशको ठूलो अस्पताल संघीय सरकार मातहत हुँदा सरकारलाई प्रभावकारी काम गर्न समस्या भैरहेको बताए ।

उनका अनुसार पहिले प्रदेश सरकार मातहत रहेको र कोशी अस्पतालकालागि बजेट बिनियोजन भैसकेपछि संघीय सरकारले हस्तक्षेप गरेर आफु मातहत लिएको बताए । सांसद मोहनकुमार खडकाले समन्वय विना अर्को प्रदेश र पालिकाहरुमा भारतबाट आएका मानिशहरुलाई नपठाउन आग्रह गरे । उनले पठाउनु परेमा स्वास्थय परीक्षण गरेर मात्र पठाउनुपर्छ भने ।

यसैगरि प्रदेशमा फैलिएको फौजी किराको प्रकोप नियन्त्रण गर्न पनि सरकारलाई आग्रह गरे । सांसद रामकुमार राईले खोटांगमा एक जना कोरोना भाइरस संक्रमितले उपचार गराइरहेको र अर्को फौजी किराको भाइरसले कृषकहरुलाई अक्रान्त बनाएको जानकारी गराउदै राहत दिन माग गरे ।

उनका अनुसार खोटांगमा सातसय हेक्टर जमिनको बाली फौजि किराले नष्ट गरिसकेको बताए । उनले खोटांगमा निरन्तर लोडसेडिङ भैरहेकोले भरपर्दो तरिकाले बिस्तार गर्न आग्रह गरे । सांसद श्रीप्रसाद मैनालीले विश्व कोरोनाको महामारीबाट मुक्त्त भैरहदा नेपालमा भर्खर सुरु भैरहेको अवस्था जानकारी गराउदै भारतबाट आएका मानिशहरुलाई उनीहरुको घर पठाउन खर्च अभावमा समस्या भैरहेको जानकारी गराए ।

उनले क्वारेन्टाइनलाई उचित तरिकाले व्यावस्थापन गर्न माग गरे । लकडाउनलाई खुकुलो र व्यवस्थित बनाएर कोरोनासँग लडनु पर्ने धारणा बताए ।भद्रपुरमा कोरोना ल्याब र अस्पताल निर्माण गर्न आग्रह गरे । सांसद सरिता थापाले राष्टिय महिला दिवसको शुभकामना दिदै आमाको नाममा नागरिकता दिने र महिलामाथि हुने सबैखाले हिँसा अन्त गर्ने घोषणलाई पालना गराउन आग्रह गरिन ।

जो बाँच्छ उ नाच्छ भन्ने हजुरआमाले भनेको उखान भन्दै सांसद थापाले शंखुवासभामा डाक्टरहरुको अभाव भएको र महामारीको बेला उपचारमा समस्या भैरहेको जानकारी गराइन । उनले स्कलरशीपमा पढने डाक्टरहरुलाई गाउँमा पठाउन सरकारसँग आग्रह गरिन । उनले फौजीकिरासँग सलह किराको आतंक नियन्त्रण गर्न माग गरिन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes