नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो, १५६ जना नयाँ संक्रमित - Pahilo Online

नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो, १५६ जना नयाँ संक्रमित

writer

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०४२ पुगेको छ । पछिल्लो २४ घन्टामा १५६ जना नयाँ संक्रमित थपिएका हुन् । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

नयाँ संक्रमण पुष्टि हुनेहरुमा दैलेखका आठ, कैलालीका दुई, दार्चुलाका एक, स्याङ्जाका तीन, नवलपुरका एक, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुरका एक, बर्दियाका तीन, बाँकेका एक, झापाका २५, सर्लाहीका सात, सिरहाका छ, रौतहटका २०, दोलखाका दुई, सोलुखुम्बुका एक, बझाङका एक र सुर्खेतका १३ जना छन् ।

योसँगै ५१ जिल्लाका एक हजार ४२ जनामा संक्रमण देखिएको छ । कुल संक्रमितमध्ये ९४० जना पुरुष र १०२ जना महिला हुन् ।यसैबीच, कोरोनाभाइरस संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२२, बुङमतीका ५६ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पहिलेदेखि नै कलेजोसँग सम्बन्धित रोगले ग्रसित उनमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यस्तै, वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत् चारजना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । योसँगै हालसम्म १८७ जना निको भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes