प्रदेश सरकारको बजेटमा बन्ने सामुदायिक भवनको शिलान्यास - Pahilo Online

प्रदेश सरकारको बजेटमा बन्ने सामुदायिक भवनको शिलान्यास

सम्पत्ती करको मुल्यांकनका विषयमा छलफल

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे २ मा प्रदेश सरकारको बजेटमा बन्ने सामुदायिक भवनको आज (बिहिबार) शिलान्यास भएको छ । स्थानीय लक्ष्मीनारायण मन्दिर क्षेत्रमा बन्ने भवनको प्रदेश १ की सांसद कृष्णकुमारी राईले शिलान्यास गरेका हुन् ।

७० फिट लम्बाई र ३१ फिट चौडाईको भवनको हलको योजना अघि बढेको र सोको लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट २० लाख रुपैयाँ प्राप्त भएको मन्दिर समिति अध्यक्ष पार्थबहादुर बुढाथोकीले जानकारी दिए । जसमा उपभोक्ताबाट ४ लाख रुपैयाँ थप गरिएको छ ।

सम्पत्ती करको मुल्यांकनका विषयमा छलफल  

नगरपालिकाको राजस्व परामर्श समितिको बिहिबारको बैठकले आगामी आर्थिक वर्षको लागि सम्पत्ती करको मुल्यांकनका विषयमा छलफल अघि बढाइएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा समितिकी संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षताको बैठकले सम्पत्ती करको मुल्यांकनका विषयमा छलफल अघि बढाएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes