पथरी शनिश्चरेको ‘क्वारेन्टिन’ मा हालसम्म ३४ जना - Pahilo Online

पथरी शनिश्चरेको ‘क्वारेन्टिन’ मा हालसम्म ३४ जना

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन खडा गरेको प्रारम्भिक स्वास्थ्य सुरक्षाको एकान्तस्थल ‘क्वारेन्टिन’ मा हालसम्म ३४ जना मानिस पुगेका छन् ।

‘होल्डिङ एरिया’ को रुपमा पथरी बहुमुखी क्याम्पसमा सुरु गरिएको ‘क्वारेन्टिन’ मा आजसम्म ३४ जनालाई बसाइएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए । भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन नगर कार्यपालिकाको निर्णय अनुरुप नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको व्यवस्थापनमा क्याम्पसमा ‘क्वारेन्टिन’ स्थापना गरिएको हो ।

‘क्वारेन्टिन’ का लागि पथरी अस्पतालले १०, कावेली अस्पतालले १०, सुदिप मेडिकलले ४ वटा बेड प्रदान गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes