चार योजनाको फिल्ड भेरिफिकेशन र प्रस्तावकहरु छनौट - Pahilo Online

चार योजनाको फिल्ड भेरिफिकेशन र प्रस्तावकहरु छनौट

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक विकास समितिले कृषि तथा पशुपंक्षी शाखाबाट आर्थिक वर्ष ०७६, ७७ को ४ वटा योजनाको फिल्ड भेरिफिकेशन एवम् प्रस्ताव मुल्यांकन गरी प्रस्तावकहरु छनौट गरेको छ । समितिले फिल्ड भेरिफिकेशन एवम् प्रस्ताव मुल्यांकन गरिसकेपछि समितिका संयोजक यामप्रसाद गुरागाईंको संयोजकत्वको बैठकले अनुदान प्राप्त गर्नेहरुको छनौट गरी निर्णय गरेको हो ।

५० प्रतिशत अनुदानमा च्यापकटरका लागि १०, नयाँपोखरी निर्माण एवम् पुरानो पोखरी सुद्धिकरण अनुदानमा १४ वटा फर्म तथा व्यवसायिक कृषकलाई छनौट गरिएको समितिले जनाएको छ । त्यस्तै, अण्डामा आत्मनिर्भर तथा पारिवारिकस्तरमा पोषण सुरक्षाका लागि ग्रामिण कुखुरा प्रवद्र्धन कार्यक्रमतर्फ १० र मोटर बोरिङ जडानका लागि १२ कृषक छनौटमा परेका छन् ।

यसैगरी, समितिले वडा तहका लागि जैविक मल तथा पशुपंक्षी पौष्टिक आहारा अनुदान कार्यक्रमका बारेमा बनेको मार्गदर्शनमा वडा सचिवहरुलाई जानकारी गराएको समितिका सदस्य सचिव हेमचन्द्र दहालले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes