झापा कारागार भद्रपुरमा एकै दिन दुई कैदीको मृत्यु - Pahilo Online

झापा कारागार भद्रपुरमा एकै दिन दुई कैदीको मृत्यु

writer

भद्रपुर । झापा कारागार भद्रपुरमा एकै दिन दुई कैदीको मृत्यु भएको छ। मृतक दुवै जबरजस्ती करणी मुद्दामा जेलमा थिए। मृत्यु हुने कैदीबन्दीद्वय भद्रपुर नगरपालिका ६ बस्ने ५० वर्षीय अनुरञ्जन घोष र कचनकवल गाउँपालिका ७ बस्ने ३२ वर्षीय किशनलाल राजवंशी रहेका झापा कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए। उनका अनुसार फोक्सोमा पानी जमेर मेची अञ्चल अस्पताल भद्रपुरको आइसियुमा उपचाररत घोषको मंगलबार दिउँसो मृत्यु भएको हो।

अदालतले जबरजस्ती करणी मुद्दामा १३ वर्ष सजाय तोकेका घोष २०७१ साल मङ्सिर २२ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए । त्यस्तै मिर्गौलाका बिरामी रहेका राजवंशी मङ्गलबार बिहान कारागार भित्रै बेहोस भएर लडेका थिए। उनलाई तत्काल उपचारका लागि मेची अस्पताल र्पुयाएलगत्तै उनको मृत्यु भएको हो। राजवंशीलाई अदालतले जबरजस्ती करणी मुद्दामा ३ वर्ष सजाय तोकेको थियो उनी २०७६ साल असोज ७ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए । दुवैको शव परिवारलाई जिम्मा लगाइसकिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes