पत्रकार ‘इच्छुक’को स्मृति दिवसमा प्रेस एप्रोन वितरण - Pahilo Online

पत्रकार ‘इच्छुक’को स्मृति दिवसमा प्रेस एप्रोन वितरण

writer

पहिलो अनलाइन

मोरङ । पत्रकार कृष्ण सेन ‘इच्छुक’को १८ स्मृति दिवसको अवसरमा प्रेस संगठन मोरङले संगठनमा आवद्ध सदस्यहरुलाई प्रेस उल्लेख भएको जर्सी वितरण गरेको छ । तत्कालीन माओवादी जनयुद्धको बेला पत्रकारिता तथा साहित्य सिर्जनामा कृयाशील इच्छुक २०५९ जेठ १३ गते राज्य पक्षबाट मारिएका थिए ।

जनादेश साप्ताहिक र जनदिशा दैनिक पत्रिकाको सम्पदक रहेका उनी जनयुद्धको घोषित सहिद हुन् । पत्रकारिता र साहित्य सम्बन्धि कलम चलाउने इच्छुकको १८ औं स्मृति दिवसको अवसरमा प्रेस संगठन मोरङले जिल्लामा सय वटा जर्सी वितरण गरेको जिल्ला संयोजक सुदिप कोइरालाले बताए । हिजो विराटनगर र आज (बुधबार) पूर्बी मोरङको लागि पथरीमा भेटघाटसंगै प्रेस लेखिएको जर्सी वितरण भएको हो ।

पथरीमा प्रेस संगठनको केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, प्रदेश १ सदस्य मोहन भट्टराई, जिल्ला सदस्य दिनेश सुब्बा, एलिना दियाली लगायतको उपस्थिती रहेको थियो । कलमको माध्यमबाट राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका इच्छुक तत्कालीन पत्रकार महासंघकोे केन्द्रीय पार्षद र दक्षिण एसियाली पत्रकार संघ र प्रगतिशील लेखक संघको सदस्य थिए ।

सेनका बुबा भारतीय सेना भएकोले २०१३ कार्तिक ३ गते भारतको देहरादुनमा जन्मिएका इच्छुक दाङ, काठमाडौं, सिराहा तथा राजविराज गरी नौ वर्षसम्म जेल बसेका थिए । प्रेस सेनानी पुरस्कार ९२०६५० बाट सम्मानित इच्छुक, साहित्य सन्ध्या पुरस्कार ९२०५७०, पारिजात सिर्जनशील साहित्य पुरस्कार ९२०५९०, कृष्णमणि साहित्य पुरस्कार ९२०५९० प्राप्त गरेका थिए ।

नेपाली समाज परिवर्तनका लागि कलमको माध्यमबाट बलिदानपूर्ण संघर्षमा लागेर सहिद भएका कृष्ण सेन इच्छुकको पार्टी एकता हुनु पूर्ब प्रेस सेन्टर र एकतापछि प्रेस संगठन नेपालले प्रत्येक जेठ १३ मा स्मृति दिवस मनाउदै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes