चिनियाँ सर्भे टोली सगरमाथाको उचाइ नाप्न चुचुरोमा पुग्यो - Pahilo Online

चिनियाँ सर्भे टोली सगरमाथाको उचाइ नाप्न चुचुरोमा पुग्यो

writer

काठमाण्डौ । सगरमाथाको उचाइ नाप्नको लागि चिनियाँ सर्भे टोली तिब्बततर्फको बाटोबाट चुचुरोमा पुगेको छ । बुधबार बिहान चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

टोलीले यसअघि पनि विभिन्न चरणमा उचाइ मापनको काम गरिरहेको छ । नेपालले पनि अघिल्लो वर्ष सगरमाथाको शिखरसम्म पुगेर उचाइ नापेको थियो । विभिन्न ठाउँमा उचाइ नाप्ने यन्त्र जडान गरेर नापी विभागको टोली सगरमाथाको चुचुरोसम्म पुगेको थियो ।

अहिले मापनको तथ्याङ्क मिलाउने काम भइरहेको नापी विभागले बताएको छ । विभागले चिनियाँ पक्षले उचाइ नापिसकेपछि एकमुष्ट रुपमा उचाइ सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । सगरमाथाको उचाइ ८ हजार ८४८ रहेको छ । तर प्राकृतिक गतिविधिका कारण उचाइमा फेरबदल भएको हुन सक्ने वैज्ञानिकको अनुमान छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes