प्रदेश नं. १ का ९१ जना सांसदको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ - Pahilo Online

प्रदेश नं. १ का ९१ जना सांसदको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

writer

पहिलो अनलाइन

सुरेश कार्की
मोरङ । १ न प्रदेशसभाको छैठौं संसद अधिवेशनमा सहभागी हुने प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरू, कर्मचारी र मर्यादा पालकको कोरोना परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठकमा प्रवेश गर्न कोरोना संक्रमण नभएको प्रमाणपत्र अनिवार्य गरिएपछि ९१ जना सांसदले कोरोना परीक्षण गराएका थिए ।

प्रदेशसभा सचिवालयका कर्मचारीहरु, त्यहाँ कार्यरत मर्यादापालक, सुरक्षाकर्मी, मन्त्री, समितिका सभापतिहरु तथा सुरक्षाका सवारी साधनका चालक, रिपोर्टिङ्गमा जाने पत्रकारहरुसमेत गरी २ सय बढीको कोरोना परीक्षणका लागि यसअघि स्वाब संकलन गरिएको थियो ।

बजेट अधिवेशन भोलीदेखि सुरु हुँदै
एक नम्बर प्रदेशको बजेट अधिवेशन भोली २ बजेको लागि आह्वान भएको छ । दुइ वटा हलको प्रयोग गरेर बैठक संचालन हुनेछ । कोरोना भाइरसको संक्रमण फैलन नदिन कायम गर्नुपर्ने सामाजिक दुरीको नियम पालना गर्न सभाहल साँघुरो भएकाले दुई वटा हलमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने तयारी भएको हो ।

कोरोना संक्रमणको सम्भावनालाई न्यून गर्न दुरी कायम गर्नुपर्ने र दुरी कायम गर्दा पहिलेको सभाहलमा बैठक सञ्चालन गर्न सम्भव नहुने भएकोले भुँई तला र पहिलो तलामा रहेको दुवै सभाहलहरुलाई प्रयोग गरेर बैठक चलाइने छ । सभाहलको पुरानो संरचनामा प्रदेशसभा सदस्यहरुका लागि ९३ वटासहित दर्शकदीर्घा र सञ्चारकर्मीकालागिसमेत गरी १२० वटा कुर्सीहरु राखिएका थिए । अहिले पहिलो तलाको सभाहलमा ६५ वटा मात्र कुर्सी राखिएको छ । माथिल्लो तलामा ३० वटा कुर्सीको प्रवन्ध गरिएको छ ।

माथिल्लो हलमा बस्ने सांसदहरुले टेलिभिजन सेटमार्फत भुँईतलाको गतिविधि अवलोकन गर्ने र माथिल्लो हलको गतिविधि भुँईतलामा रहेको टेलिभिजन सेटबाट अवलोकन गर्नेगरी प्रवन्ध मिलाइएको छ । सभामुखले कम्प्युटरको मनिटरबाट माथिल्लो सभाहलको गतिविधि अवलोकन गर्नुहुनेछ । प्रदेशको नामाकरण गर्न बाँकी रहेको भएपनि भाइरसको माहामारीका कारण यो अधिवेशनमा बजेट ल्याउने र सरकारलाई अत्यावश्यक परेको विधेयक पास गर्ने बाहेक अन्य काम नहुने सभामुख प्रदिपकुमार भण्डारीले बताउनुभयो ।

भोली दलका नेताहरुले शुभकामना सन्देश दिने र आर्थिक मामिला तथा योजना मन्त्रीले बजेटका प्रथमिकता र सैद्धान्तिक पक्षमा मन्तव्य दिने कार्यक्रम रहेको छ । सञ्चारकर्मीहरुले पनि मिडिया सेन्टर र नेपाली काँग्रेस संसदीय दलको कार्यकक्षमा जडान भएको टेलिभिन सेटबाट बैठकको रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes