कृष्ण सेन को स्मृति दिवसमा सञ्चारकर्मीहरुलाई एप्रोन र स्वास्थ्य सामग्री वितरण - Pahilo Online

कृष्ण सेन को स्मृति दिवसमा सञ्चारकर्मीहरुलाई एप्रोन र स्वास्थ्य सामग्री वितरण

writer

सुरेश कार्की

सुरेश कार्की
मोरङ। प्रेस संगठन नेपाल मोरङले सहिद पत्रकार कृष्ण सेन ईच्छुकको १८ औं स्मृति दिवसका अवसरमा सञ्चारकर्मीहरुलाई एप्रोन र स्वास्थ्य सामग्री वितरण गरेको छ ।

विराटनगरमा उपलव्ध पत्रकारहरुको उपस्थितिमा जनमुखि पत्रकारिताका माध्यमबाट सर्वहारा वर्गको राज्यसत्ता स्थापनाका लागि गर्नुभएको योगदानको चर्चा गरिएको थियो ।

नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतमले पत्रकारिता र साहित्वको माध्यमबाट जनतालाई राजनीतिक परिवर्तनको सन्देश प्रवाह गर्ने क्रममा २०५९ सालमा प्रहरीले पक्राउ गरेपछि जेठ १३ गतेकै दिन महेन्द्र पुलिस क्लवमा यातना दिएर हत्या गरेको बताउनुभयो । उहाँले राज्यसत्ताले जहिलेसुकै आफ्नो प्रसंशाको गीत मात्र गाउन दिने र आलोचनाको स्वरमाथि बन्देश गर्ने चरित्र अहिले पनि कायम रहेको बताउनुभयो । पत्रकारले जहिले पनि स्वतन्त्रताको पक्षमा र आवाजविहीनको पक्षमा आवाज बोलिरहनु पर्ने उहाँले बताउनुभयो ।

अग्रज तथा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष यज्ञ शर्माले स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकले व्यवसायिक र मिसन पत्रकारितको क्षेत्रमा गर्नुभएको योगदानलाई सबैले सम्झिनु पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेलले स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकको सपना थोरै भएपनि गणतन्त्र स्थापना भएर पुरा भएको र जनजीविकाको सवालमा सरकारले अझ धेरै काम गरेर उहाँका बाँकी सपना पुरा गर्नुपर्ने बताउनुभयो ।

इच्छुक स्मृति दिवशको अवसरमा प्रेस संगठन नेपाल मोरङले पत्रकारहरुका लागि आवश्यक एप्रोन, मास्क र केही थान सेनिटाइजर उपलव्ध गराएको थियो ।
कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्यहरु रामचन्द्र अधिकारी, गणेश लम्साल लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes