लागुऔषध सहित ३ जना पक्राउ - Pahilo Online

लागुऔषध सहित ३ जना पक्राउ

writer

सुनसरी । सुनसरीको कोशी गाउँपालिका १ बाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान साँढे ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका १ लौकहीका २२ बर्षीय सोशिल साह, ३० बर्षीय अमन कुमार साह र १९ बर्षीय गणेश कुमार साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले डाईलक्स डि.सी. १०० एमएल को ४७ बोतल, नाईट्रोसन ९० ट्याब्लेट , स्पास्मोप्रोक्सिवन २३ ट्याब्लेट, खेलौना प्लास्टिकको पेस्तोल १ थान, कौडा २१ थान र मोवायल २ थान सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes