मोरङको २ छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना २ जनाको मृत्यु - Pahilo Online

मोरङको २ छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना २ जनाको मृत्यु

writer

मोरङ । मोरङको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका ९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका ११ का ३१ बर्षीय गोबिन्द बजगाई घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको थियो । यसैगरी सोमवार राती १० बजे मोरङकै केरावारी गाउँपालिका ९ को भित्री सडक खण्डमा को ३८ प १०७१ नम्बरको मोटरसाईकल बाटोमा ढली राखेको रुखको हांगामा ठोक्किएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ३० बर्षीय बिकास गुरुङलाई उपचारको लागी बिराटनर्सिङ होम बिराटनगर पठाईएकोमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes