पथरी शनिश्चरे नगरका दर्जनौं घरहरुमा हावाहुरीको क्षति - Pahilo Online

पथरी शनिश्चरे नगरका दर्जनौं घरहरुमा हावाहुरीको क्षति

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका दर्जनौं घरमा हावाहुरीले क्षति पुर्याएको छ । गएरातीको हावाहुरीले सवैभन्दा वढी वडा नम्वर ४ को कुशलचोक क्षेत्रमा क्षति पुर्याएको छ । हावाहुरीले त्यहाँकी गीता ठकुरीको इँटाको पर्खाल भएको घर पूर्णरुपमा भत्काएको छ । राती सुतिरहेको अवस्थामा छानो समेत उडाएर पर्खाल भत्किदा ठकुरी र उहाँका छोरा आइसलाई चोट समेत लागेको छ ।

त्यसका साथै सो वडाका जानुका तामाङ, कालिबहादुर वस्नेत, पार्वता श्रेष्ठ, लीला आचार्य, मोहन निरौलाको घरको छानो उडाउनुका साथै बेराबारामा समेत क्षति पुगेको छ । शिव श्रेष्ठको फर्निचर उद्योगको छानो उडाएको र ब्राइट सनराइज स्कुलको झ्यालको शिशा फुटेको छ ।

त्यसैगरी, वडा नम्बर ६ मा बालकेन्द्रको छानो उडाएको र रुद्रबहादुर कटुवालको घरको समेत छानो उडाएको छ । वडा नम्वर १० को जागृति टोलको मुहसरवस्तीका २ घर, जिरिखिम्तीको जनक खड्काको कुखुरा फारमको छानोमा क्षति पुर्याएको छ । वडाहरुमा अन्य घरहरुमा पनि हावाहुरीले सामान्य क्षति पुर्याएको छ । मकैबालीमा समेत क्षति पुगेको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, सम्वन्धित वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधि र प्रहरीले क्षतिको अवस्थाको अवलोकन गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes