पथरीशनिश्चरे नगरमा आर्थिक विकास समितिका ४ योजना सञ्चालन गर्ने निर्णय - Pahilo Online

पथरीशनिश्चरे नगरमा आर्थिक विकास समितिका ४ योजना सञ्चालन गर्ने निर्णय

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित आर्थिक विकास समितिले स्वास्थ्य सतर्कता सहित सामाजिक दूरी कायम गरेर योजनाहरु सञ्चालन गर्ने ४ वटा निर्णय गरेको छ ।

६० प्रतिशत अनुदानमा नगरले जैविक मल वितरणका लागि छुट्याएको १० लाख बजेटमा प्रतिवडा १ लाखका दरले ब्यवसायिक कृषक र ब्यवसायिक कृषक समूहलाई प्राथमिकता दिइ वितरण गर्ने निर्णय भएको छ । जसमा लाभग्राहीबाट ४० प्रतिशत रकम उठाएर वडाले नै मल खरिद गर्ने निर्णय भएको हो ।

६० प्रतिशत अनुदानमा पशुहरुको जैविक पौष्टिक आहारा वितरणका लागि छुट्याएको ५ लाख बजेटमा प्रतिवडामा समान रुपमा ब्यवसायिक कृषक, ब्यवसायिक कृषक समूह, फर्मलाइ प्राथमिकता दिइ वितरण गर्ने निर्णय भएको छ । जसमा लाभग्राहीबाट ४० प्रतिशत रकम उठाएर वडाले नै आहारा खरिद गर्ने निर्णय भएको हो ।

त्यसैगरी, पशुपन्छी शाखाबाट स्वीकृत कार्यक्रम बमोजिम ५० हजार रुपैयाको ज्वाइनट भेज घासको बीउ १ नम्बर वडा बाहेक अन्य ९ वडामा समान रुपमा वितरण गरिने बैठकको निर्णय अनुरुप बीउ वितरण थालिएको छ ।

अबको आर्थिक बर्ष २०७७र७८ को बजेट तयारीका लागि आर्थिक विकास समितिले मार्गदर्शन तयार गरी नगर योजना समिति समक्ष पेश गर्ने समेत निर्णय भएको छ । बैठक समितिका संयोजक यामप्रसाद गुरागाइको अध्यक्षतामा भएको थियोे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes