संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका २ खोरियाटोल बस्ने ७२ बर्षीया बृद्धा जंगली च्याउ खाएर बिरामी भएकी छन् । शनिवार दिउँसो आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाँदा ७२ बर्षीया निर माया बि.क. बिरामी भएकी हुन् । बिरामी भएकी बि.क.को जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको छ ।