नेपालमा आज थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो - Pahilo Online

नेपालमा आज थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो

writer

काठमाडौं । आज आइतबार काठमाडौंमा एक जनासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ६०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आइतबार १९ जना संंक्रमित थपिएका हुन् । आज थपिएकामा काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन् ।

यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । योसँगै देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । संक्रमित मध्ये ८७ जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes