पथरी शनिश्चरे नगरक्षेत्रमा लकडाउनमा कडाई गर्न अनुगमन् - Pahilo Online

पथरी शनिश्चरे नगरक्षेत्रमा लकडाउनमा कडाई गर्न अनुगमन्

writer

पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरले कोरोना भाइरसको दिनदिनै जोखिम बढिरहेपछि स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेकाले स्वास्थ्य सतर्कता अपनाएर घरभित्र वस्न अनुरोध गर्दै अनुगमन् गरिरहेको छ ।

यस क्रममा आज नगर उपप्रमुख यमुना विष्ट वास्तोला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, प्रहरी, प्रहरीको साथी म सहितले पथरी बजार र आसपास क्षेत्रमा लकडाउनको कडा रुपमा पालना गर्न अनुरोध गर्दै अनुगमन् गरेको हो । पथरी बजारमा रहेका सब्जी पसलहरुलाई साँघुरो क्षेत्रबाट हटाएर विभिन्न चोकमा भिडभाड नहुने हिसावले फराकिलो गरी राख्ने कामको विहान अनुगमन् भएको छ । पथरी बजार क्षेत्रमा भिडभाड भएकाले पहिलेदेखि सब्जी पसल गर्दै आएकाहरुले वडामा नाम दर्ता गराएर अनुमति लिएपछि मात्र पसल सञ्चालन गर्ने विधि बनाइएको छ । सो अनुरुप बुद्घचोक, मन्दिर लाईन, शिखरचोक, यलम्बरचोक, रत्नचोक र हाटखोला कृषि बजार क्षेत्रमा छरिएर मात्र सब्जी पसल राख्न वडा कार्यालयले निर्देश गरेको छ ।

कम्तिमा डेढ मिटरको सामाजिक दुरी कामय गरी मास्क, ग्लोब लगाई साबुनपानीले हात धोएर तथा सेनिटाइजरको प्रयोग गरी अन्त्यन्तै स्वास्थ्य सतर्कता अपनाएर विहान ७ देखि १० बजेसम्ममात्र खाद्यान्न, सागसब्जी, औषधि जस्ता अत्यावश्यक सामग्रीका पसल सञ्चालन गर्न नगरले अनुमति दिएको छ । नगर उपप्रमुख वास्तोला संयोजक रहेको अनुगमन् समितिले पथरी क्याम्पसमा खडा भएको क्वारेन्टाइन र वडा नम्वर ६ सहितमा सम्पन्न योजनाहरुको समेत अनुगमन् गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes