पथरीशनिश्चरे । कोरोना भाइरसको दिनदिनै जोखिम बढिरहेपछि स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेकाले झनै स्वास्थ्य सतर्कता अपनाउदै भोलीबाट पथरी शनिश्चरे क्षेत्रमा अत्यावश्यकीय पसलहरु मात्र विहानको समयमा सञ्चालन गर्न नगरपालिका कार्यालयले अनुरोध गरेको छ ।
पथरी शनिश्चरेको नगर कार्यपालिका र नगरस्तीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले कोरोना जोखिमका कारण जेठ ७ देखि १० गतेसम्म सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो । कम्तिमा डेढ मिटरको सामाजिक दुरी कामय गरी मास्क, ग्लोब लगाई साबुनपानीले हात धोएर तथा सेनिटाइजरको प्रयोग गरी अन्त्यन्तै स्वास्थ्य सतर्कता अपनाएर जेठ ११ बाट विहान ७ देखि विहान १० बजेसम्ममात्र खाद्यान्न, सागसब्जी, औषधि जस्ता अत्यावश्यक सामग्रीका पसल सञ्चालनका लागि अनुरोध गरिएको छ ।
साथै, तोकिएको सो समयमा पथरी बजार क्षेत्रका सब्जी पसलेहरुले वडा कार्यालयबाट अनुमति लिएर र वडाले तोकेको ठाउँमा मात्र सब्जी पसल सञ्चालन गर्न समेत जानकारी गराइएको छ ।