सुनसरीमा छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु - Pahilo Online

सुनसरीमा छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

writer

सुनसरी । सुनसरीको गढी गाउँपालिका ६ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टर चालककको मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे २ बजेको समयमा सत्तेरझोडा स्थित कच्ची बाटोमा उत्तरबाट दक्षिण तर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टर चालक दुहवी नगरपालिका ११ का २४ बर्षीय फुलचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । दुर्घटनामा परी ट्रयाक्टरका सहचालक २३ बर्षीय संजय पासवान घाईते भई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी हरिनगरा गाउँपालिका ७ कबिलासामा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । शनिबार दिउँसो साँढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्ज तर्फ जाँदै गेरको को २ प ८८४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिका २ का २५ बर्षीय सजिम अंसारीलाई उपचारको लागी बिराटनगरको गोल्डेन अस्पताल पठाईएकोमा उपचारको क्रममा पौने ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes