पाँचथरमा अग्रपंक्तिमा काम गर्ने ११४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ - Pahilo Online

पाँचथरमा अग्रपंक्तिमा काम गर्ने ११४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

writer

पाँचथर । पाँचथरमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकार सुरक्षाकर्मी लगायत ११४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ। मंगलबार संकलन गरिएको ११८ जनाको स्वाब परीक्षणका लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो।

परीक्षणका लागि स्वाब दिएका ११८ मध्ये ११४ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएको छ। अन्य ४ जनाको प्राविधिक कारणले परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुबेदीले जानकारी दिए। पाँचथरमा हालसम्म कोरोना पोजेटिभ व्यक्ति नभेटिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ। पाँचथरमा शुक्रबारसम्म १ हजार २६८ जनाको आरडिटी र १७१ जनाको पिसिआर विधिमार्फत परीक्षण गरिएको छ। जिल्लाभरमा ८२ जना कवारेन्टाइनमा छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes