उद्धार गरिएकी संखुवासभाको सुत्केरीको अस्पतालमामै मृत्यु - Pahilo Online

उद्धार गरिएकी संखुवासभाको सुत्केरीको अस्पतालमामै मृत्यु

writer

संखुवासभा । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि शुक्रबार दिउँसो थप उपचारका लागि संखुवासभाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ पांठाकी सुत्केरी गंगा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा शुक्रबार राति ११ बजे थापाथली मृत्यु भएको खाँदबारी अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले बताए। सुत्केरी कार्कीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि शुक्रबार ४ बजे थापाथली प्रसूति गृहमा लगिएको थियो।

प्रसव पीडाले च्यापेपछि कार्की चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुन भर्ना गराइएको थियो। तर उनको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको भिडियो एक्सरेबाट थाहा पाएपछि जिल्ला अस्पताल खाँदबारीले नोबेल अस्पताल बिराटनगर रिफर गरेको थियो। सुत्केरी कार्कीको नोबेल अस्पतालमा अप्रेसन गरेर मरेको बच्चा निकालिएको थियो। शुक्रबार मृत्यु भएकी कार्कीको स्वाब परीक्षण रिपोर्ट आएपछि पशुपति आर्यघाट काठमाडौंमै दाहसंस्कार गरिने खाँदबारी अस्पतालका अध्यक्ष शाक्यले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes