बेलबारी नगरपालिकामा ४० परिवाहरुका लागि घर निर्माण सूरु - Pahilo Online

बेलबारी नगरपालिकामा ४० परिवाहरुका लागि घर निर्माण सूरु

writer

मोरङ । मोरङको बेलबारी नगरपालिकाले गरिव तथा असाय परिवाहरुका लागि वडा नम्बर ३ मा ४० वटा घर बनाइ दिन थालेको छ । सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यक्रमा नगरपालिकाले घर बनाइदिन थालेका हो । शुक्रवार वडा नम्बर ३ मा बन्ने घरहरुको बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदिले शिलान्यास गरेका छन् । गरिव, असाय, एकल दलित तथा पिछडा वर्गहरुलाई घर नगरपालिकाले निशुल्क बनाइ रहेको उनले बताए ।

३ लाख मुल्य बराबरीको घर बनाउन लागिएको हो । नगरपालिकाको १लाख ५० हजार सहारा नेपाल ह्याविटेड नेपालको १ लाख र स्थानियको श्रमदान ५० हजारमा घर बन्ने साहारा नेपालका इन्जिनियर अनिल घिमिरेले बताए। यसअघि बेलबारी ११ का४० वटा घरको निर्माण कार्य लकडाउनको समयमा समेत भइरहेका छन ।घर बन्न थालेपछि बर्षै देखी समस्यामा परेका परिवारहरु समेत खुसि भएका छन । नगरपालिकाले यसै आर्थीक बर्षमा १ सय वटा घर बनाई सक्ने घोष्णा गरेको थियो । ४ नम्बर वडामा २० वटा घर समेत चाडै निर्माण गरीने नगरपालिकाको कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes