नेपालमा कोरोना संक्रमतिको संख्या ५८४ पुग्यो, ७० जना ‘डिस्चार्ज’ - Pahilo Online

नेपालमा कोरोना संक्रमतिको संख्या ५८४ पुग्यो, ७० जना ‘डिस्चार्ज’

writer

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या शनिबारसम्म ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

थप संक्रमितहरुमा सुर्खेतका तीनजना, बैतडीका चारजना, झापाका एकजना, बाँकेका २७ जना र बर्दियाका एकजना रहेका छन् । स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘क्वारेन्टाइन’मा बस्दै आएकाहरुको परीक्षण गर्दा संक्रमण देखिएको पुष्टि गरे ।

योसँगै हाल ४० जिल्लामा ५८४ जनामा संक्रमण देखिएको छ । यसअघि, शनिबारै बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमा सर्लाहीको गोडैता कबिलास नगरपालिकाका १३ जना पुरुष, कपिलवस्तुको वाणगंगा नगरपालिकाका सात पुरुष र एक महिला, बाराको करैयामाई गाउँपालिकाकी एक महिला, काठमाडौंका एक पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका आठ पुरुष र चितवनको भरतपुर महानगरपालिका–६ का एक पुरुष रहेका छन् । उपचारपछि निको भएर ७० जना ‘डिस्चार्ज’ भइसकेका छन् ।नेपालमा कोरोनाभाइरस संक्रमणका कारण हालसम्म तीनजनाको मृत्यु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes